पोखरा । २३औँ आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आज (मंगलबार) पोखरामा सुरु हुँदै छ।
आज उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा ८ ए डिभिजन र एक विदेशीसहित १२ टोली सहभागी हुँदै छन्।
प्रतियोगिताको दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच भिडन्त हुनेछ।
यसपछि माघ ११ गते दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ तथा १२ गते दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ।
पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।
प्रि-क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले बेहोर्ने बताइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका उत्पादन आहा तथा रारा तयारी चाउचाउ हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, ०९ : ४४
लेखकबाट थप