काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।
बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)
उपसचिवको नतिजा सार्वजनिक
लोक सेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने
परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने लोक सेवा आयोगको निर्णय