काठमाडौं। २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगिता बराबरीमा टुंगिएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ४ गते ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागितामा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
प्रतियोगितामा सशस्त्र प्रहरीका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य टीम क्याप्टेन रहेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागी खेलाडी, प्रशिक्षक र टीम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरे ।
खेलमा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायब महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ माघ २०८०, १२ : ४१
लेखकबाट थप