काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डागी र पूर्वाधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्य रूपमा नलिन रास्वपाले ध्यानाकर्षण गराएको हो ।
यो वर्षको मंसिरसम्म मात्र देशभर साना–ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको भन्दै ९ सय १६ जनाले ज्यान गुमाएको रास्वपाले जनाएको छ । ’दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भए । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् । र, त्यसमा ६ जनाको मृत्यु हुन्छ। चौध जना गम्भीर घाइते हुन्छन्। पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले अकालमा ज्यान गुमाएका छन् भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भए,’ रास्वपाले भनेको छ।
प्रत्येक वर्ष औसतमा २ हजार बढीले दुर्घटनामा ज्यान गुमाउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। नेपालका ६६ लाख ६६ हजार ९३७ परिवार रहेकोमा त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको उसले बताएको छ। दुर्घटनाको डरलाग्दो आँकडा र भयवाह दृश्य बारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरण गर्नेतर्फ गम्भीर नबनेको रास्वपाको निष्कर्ष छ।
रास्वपवाले २०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयन भए–नभए जवाफ पनि माग गरेको छ। चालक अनुमति पत्र (लाइसेन्स)मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्नेगरी नीतिगत सुधार गर्न रास्वपाले आग्रह गरेको छ । सडक सुरक्षा परिषद् किन प्रभावकारी हुन सकिरहेको छैन भनेर पनि उसले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार
उपनिर्वाचन हुने यी २६ स्थानमा रास्वपाले दियो उम्मेदवारी
८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने
रास्वपाले ५ बजेपछि ४२ वटै पदका उम्मेदवारको नामावली सार्वजनिक गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले पुथा उत्तरगङ्गा गाउँपालिकामा उम्मेदवारी नदिने