काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने छ ।गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको एक महिने समीक्षा यात्रा सुरु
नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : डा. स्वर्णिम वाग्ले
संसदीय छानबिन समिति गठनमा समर्थन गर्न सक्दैनौँ :रास्वपा
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने
कांग्रेसलाई रास्वपाको जवाफ- कुण्ठाको राजनीति छाडेर आउनुस्, कानूनी रूपमा जाऔँ