काठमाडौंलाई पराजित गर्दै, विराटनगर समूह क्वालिफायरमा

सोमबार, १० पुस २०७४, १३ : २६
काठमाडौंलाई पराजित गर्दै, विराटनगर समूह क्वालिफायरमा

एभरेष्ट प्रिमियर लिगमा विराटनगरको अपराजित यात्रा कायमै राख्दै समूह बिजेता बनेको छ । जितसँगै विराटनगर क्वालिफायरमा पुगेको छ । क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ । पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

यता चार खेलमा पराजित भएको काठमाडौं भने बाहिरिएको छ । समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो ।
सोमबारको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङसलाई  ८ रनले हराउँदै सतप्रतिशत जित समूह बिजेता बनेको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।
विराटनगरका लागि विदेशी खेलाडी अंशुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । अंशुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनमा आउट भए। यस्तै कप्तान पारस खडकाले २६ रन थपेका थिए ।

बलिङ काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले दुई-दुई विकेट लिएका थिए ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए। नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन् ।
विराटनगरका लागि अंशुमान रथले ३ तथ बसन्त रेग्मीले २ विकेट लिए। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे ।
यो खेलसँगै विराटनगरको ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित काठमाडौं ५ खेलबाट २ अंक लिएको छ ।

प्रतिक्रिया दिनुहोस