औद्योगिक क्षेत्र निर्माणमा सहयोग चाहिन्छ : दाहाल

आइतबार, ०९ पुस २०७४, १८ : २५
औद्योगिक क्षेत्र निर्माणमा सहयोग चाहिन्छ : दाहाल

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोलस्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको १२औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि प्रदेशसभा चितवन क्षेत्र नं. २ ‘क’ का सांसद घनश्याम दाहालले औद्योगिक क्षेत्रको निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

स्थानीयले संरक्षण गरेको सामुदायिक वनको व्यवस्थापन गरी स्थानीयवासीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने उनले बताए । साधारणसभामा संस्थाका अध्यक्ष केशव लामाले संस्थाको प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

संस्थाका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा हालै भारतको कोलकातामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता फूलमाया कुमाललाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको थियो । वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएका वन समूहका उपभोक्ता कृष्णबहादुर नेपाललाई पनि सम्मान गरिएको थियो । 

साधारणसभामा लेखा समिति संयोजक मोतीराम गजुरेलले लेखा प्रतिवेदन र अनुगमन समिति संयोजक द्रोणप्रसाद लामिछानेले अनुगमन प्रतिवदेन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला वन कार्यालय चितवनका सहायक जिल्ला वन अधिकृत रामचन्द्र सुवेदी, कालिका नगरपालिका वडा नं. ७ का अध्यक्ष डिल्लीराम दवाडी, जिल्ला वन समन्वय समितिका प्रतिनिधि रामध्वज डल्लाकोटी, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका प्रतिनिधि भरत ढुंगाना, थानखोला सामुदायिक वनका प्रतिनिधि लक्ष्मीनारायण चौलागाई, वन समूहका उपभोक्ताद्वय शर्मिला लामिछाने र वैकुण्ठ अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस