बीसीसीआई अध्यक्षको चेतावनी- पाँचपटकको विजेता अस्ट्रेलियालाई हल्का रूपमा नलिनू

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, ०९ : १७
बीसीसीआई अध्यक्षको चेतावनी- पाँचपटकको विजेता अस्ट्रेलियालाई हल्का रूपमा नलिनू

एजेन्सी । विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियाबीचको फाइनल खेलअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिन्नीले भारतले उपाधि जित्ने आशा व्यक्त गरेका छन्। तर, पाँच पटकको विजेता अस्ट्रेलियाली टोलीलाई हल्का रूपमा लिन नहुने पनि उल्लेख गरेका छन्। 

भारतको अहमदाबादमा मिडियासँग कुरा गर्दै रोजर बिन्नीले भने, ‘भारतीय टोलीले जारी विश्वकपमा अहिलेसम्म निकै राम्रो खेलेको छ। हामीले अहिलेसम्म सबै खेल जितेका छौँ, जुन विश्वकपमा रेकर्ड हो। मलाई विश्वास छ– राम्रो प्रदर्शन गरिरहेको भारतले आजको खेल अझ धेरै राम्रो खेल्नेछ। तर तपाईंहरू अस्ट्रेलियालाई हल्का रूपमा नलिनुहोला। ऊ पाँचपटक विश्व च्याम्पियन भइसकेको टोली हो। तर पनि भारतले खेल जित्नेमा हामी आशावादी छौँ।’ 

प्रतिक्रिया दिनुहोस