काठमाडौं।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ ।भारतको कोलकत्तास्थित इडेन गार्डेन मैदानमा जारी खेल १४ ओभरमा वर्षाका कारण अवरुद्ध भएको हो । खेल रोकिनु अघिसम्म दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ४४ रन जोडेको छ ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजाल्वुडले २-२ विकेट लिएका छन् ।क्रिजमा हेनरिक क्लासिन र डेभिड मिलर १०-१० रन बनाएर खेलिरहेका छन् ।वर्षाका कारण आज सम्पन्न हुन नसकेमा खेल 'रिजर्भ डे'मा धकेलिने छ ।
यस खेलको विजेताले फाइनलमा भारतको सामना गर्नेछ ।भारत सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेर फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १५ : ५७
लेखकबाट थप