विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ६ दिने चीन भ्रमणमा निस्किएका छन् । कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिज् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला चीन प्रस्थान गरेका हुन् ।
लीयू सहरमा हुने युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमणमा गएका थिए ।
अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला