काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकासका सन्दर्भमा कुनै पनि देशसँग साझेदारी गर्न तयार रहेको बताएका छन् ।चीनको युनान प्राप्तको कुङ्मिङमा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको दक्षिणपूर्वी तथा दक्षिण एसियाली राजनीतिक दलहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफ्नो देश विकासमा साझेदारी गर्न तयार रहे पनि सैन्य सहयोगको विपक्षमा रहेको उनको भनाइ थियो ।‘सेयरिङ द एचिभमेण्ड अफ वेल्ड एण्ड रोड फोरम’ विषयमा आयोजित कार्यक्रममा धारणा राख्दै नेपालले चीन वा अरू जुनसुकै मुलुकसँग विकासका सन्दर्भमा सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाए । छिमेकी वा अरू कुनै मुलुकविरुद्धको सैन्य गठबन्धनमा संलग्न नहुने उनको स्पष्टोक्ति थियो । ‘हामी कुनै पनि देशबाट विभिन्न उद्देश्यका साथ आउने सैन्यसम्बन्धी सहयोग, हाम्रा छिमेकीविरुद्ध हामीलाई प्रयोग गर्ने रणनीति र भूराजनीतिक प्रतिस्पर्धाको विपक्षमा छौं’, उनले भने ।
नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसेएटिभ’ (बीआरआई) परियोजना ज्यादै महत्वपूर्ण भएकाले विकास साझेदारी परियोजनाका रुपमा नेपालले शुरू देखि त्यसमा समर्थन जनाएको उल्लेख गरे ।
विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणमा बीआरआईले महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी थियो ।‘बीआरआई खुला र समावेशी दुष्टिकोणसहितको पहल हो । यसले विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणका प्रयासहरूमा महत्वपूर्ण योगदान दिन्छ’, ‘नेपालले भने।,
‘हामीले वेल्ड एण्ड रोड इनिसिएभिटलाई विशुद्ध सहयोगी प्रयासका रुपमा हेरेका छौं । जसले नेपाल जस्ता देशहरूको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ ।’
सम्मेलनमा दक्षिणपूर्वी तथा दक्षिण एसियाका १८ देशका ५० बढी राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।नेपालबाट अध्यक्ष नेपाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसी सम्मेलनमा सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल