काठमाडौँ । नेपाली काँग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ । शनिबार काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । सयौँ घाइते भएका छन् ।
यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुस्खी बनाएको उल्लेख गर्दै काँग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरू, सङ्घ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपिल गरेको छ ।
‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली काँग्रेसले रु।पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली काँग्रेस अपिल गर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन