काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने । उनले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिए ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेविसङ्घले युवाबीचमा लोकप्रिय पब्जी प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको बताए । उनले पब्जी खेलको महत्व विस्तारै समाजले बुझ्दै गएको उल्लेख गरे।
कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसङ्घ काठमाडौँका अध्यक्ष मनिष डङ्गोलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कर्मचारीलाई ३ सेवामा वर्गीकरण गर्न कांग्रेस महामन्त्री थापाको प्रस्ताव
नेपालमै युवालाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ : गगन थापा
बीआरआईबारे कांग्रेस र एमालेको धारणा फरक छैन : गगन थापा
कार्बन व्यापार र जलवायु वित्तमा सुखद् शुरूआत : गगन थापा
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ : गगन थापा