रियल मड्रिड र बार्सिलोनाबीचको २३७ औं एल क्लासिको भिडन्त आज

शनिबार, ०८ पुस २०७४, १६ : २९
रियल मड्रिड र बार्सिलोनाबीचको २३७ औं एल क्लासिको भिडन्त आज

एजेन्सी । स्पेनिस दुई ठुला क्लब रियल मड्रिड र बार्सिलोनाबीचको खेल विश्व फुटबलमा सधै चर्चामा रहने गर्छ । एल क्लासिको नाममा चर्चित रियल र बार्सिलोनाको खेल हेर्न करोडौ फुटबल समर्थकहरुका लागि पर्व जस्तै हुने गर्छ ।

युरोपियन फुटबल लिग अथवा स्पेनिस ला लिगाको नयाँ सिजन सुरु हुन् साथ एल क्लासिको भिडन्तबारे चर्चा सुरु हुन्छ । सिजनको नयाँ खेल तालिका सार्वजनिक हुन् नपाउदै फुटबल प्रेमीको आँखामा दुई ठुला प्रतिद्वन्द्वी रियल र बार्सिलोनाबिचको खेल मितिमा ध्यान तानिने गर्छ ।

यस्तोमा, स्पेनिस ला लिगाको यो सिजनको पहिलो एल क्लासिको भिडन्त शनिबार बेलुका हुँदैछ । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने सिजनको पहिलो एल क्लासिको भिडन्त नेपाली समयअनुसार बेलुका ५ : ४५ बजे सुरु हुनेछ ।

शनिबार हुने एल क्लासिको भिडन्त २३७ औं संस्करणको हो । एल क्लासिकोको इतिहास हेर्ने हो भने रियल मड्रिडभन्दा बार्सिलोना पछि रहेको छ । हालसम्म भएका २३६ औं एल क्लासिको भिडन्तमा रियल मड्रिडले ९५ खेलमा जितेको छ । यस्तै बार्सिलोनाले ९२ खेलमा जित निकालेको छ । एल क्लासिको ४९ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो समय एल क्लासिको भिडन्तलाई फुटबलका दुई स्टार क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त समेत भन्ने गरिन्छ । विश्व फुटबलमा पछिल्लो समय राज गरिरहेका रोनाल्डो रियल मड्रिड र मेस्सी बार्सिलोनाबाट खेल्ने गर्छन । त्यसैले पनि एल क्लासिको भिडन्तअघि समान पाँच (  पाँच पटकको बालोन डी ओर बिजेता रोनाल्डो र मेस्सीको चर्चा हुने गर्छ ।

एल क्लासिको भिडन्तमा रोनाल्डो भन्दा मेस्सी अघि रहेका छन् ।  एल क्लासिकोमा अर्जे्न्टिनाका फरवार्ड समेत रहेका मेस्सीको नाममा किर्तिमान छ । एल क्लासिको भिडन्तमा २४ गोल गरेका मेस्सी एल क्लासिकोको इतिहासका सर्वा्धिक गोलकर्ता समेत हुन् । मेस्सीले ३६ खेलमा २४ गोल गरेका हुन् । बार्सिलोनाबाट निरन्तर खेलिरहेका मेस्सीले ३६  एल क्लासिको खेलमा  १६ खेलमा जित निकालेका छन् ।

यता, सन् २००९ मा स्पेनिस महारथी रियल मड्रिड आएका रोनाल्डोले २८ एल क्लासिको खेल खेलिसकेका छन् । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मुल्यमा रियल आएका रोनाल्डोले एल क्लासिको भिडन्तमा १७ गोल गरेका छन् । तर, रोनाल्डोले खेलेका अधिकांस एल क्लासिको भिडन्तमा रियल मड्रिड पराजित भएको इतिहास छ । यस्तै रोनाल्डोले खेलेका २८ खेलमा ८ खेल जितेका छन् भने १३ खेलमा हार बेहोरेका छन् ।

सिजनको पहिलो एल क्लासिको भिडन्त सुरुअघि नै समर्थक तथा फुटबल पण्डितहरुले नतिजाबारे अड्कलबाजी गर्न थालिसकेका छन् । यस्तै विश्व फुटबलका पण्डितहरुले यो एल क्लासिकोलाई ला लिगाको उपाधि समीकरणको रुपमा समेत लिन थालेका छन् ।

सिजनको पहिलो एल क्लासिको भिडन्त रियल र बार्सिलोनाका लागि निकै महत्वपूर्ण रहेको छ । यो भिडन्तअघि ला लिगामा बार्सिलोना ६ अंकको अग्रता बनाएर शिर्ष स्थानमा छ । यता, साबिकको विजेता रियल चौथो स्थानमा छ । लिगमा बार्सिलोनाले ४२ अंक जोडेको छ भने रियलले ३१ अंक जोडेको छ ।

एल क्लासिको अघि नै च्याम्पियन्स लिग बिजेता रियल बार्सिलोनाभन्दा ११ अंकले पछि छ । बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडमाथि भने ६ अंकको अग्रता बनाएको छ । यस्तोमा रियललाई उपाधि होड कायम राख्न एल क्लासिको जित्नै पर्ने दबाबमा रहेको छ ।  पहिलो एल क्लासिको जितेमा बार्सिलोनालाई सिजनको उपाधि जित्न कठिनाई हुने छैन ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस