काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रस्तावित विद्यालय शिक्षा विधेयक बिभिन्न कोणबाट अस्पष्ट रहेको बताएकी छन् ।
‘शिक्षाले वर्ग निर्माण गरेको छ । यो आम रुपमा उठेको प्रश्न हो’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले भनेकी छन् । आम रुपमा उठेको प्रश्नबारे विधेयक मौन रहेको उनको भनाइ छ ।
सांसद भट्टराईले दोहोर्याएकी छन्, ‘शिक्षाले वर्ग निर्माण गरको छ । वर्ग निर्माण गरेको कुरालाई स्वीकार गरेर वर्ग समन्वय मात्रै होइन सामाजिक एकता कसरी काम गर्ने भन्ने विषयमा विधेयकमा केही पनि बोलेको छैन ।’
संविधानले शिक्षालाई निशुल्क र अनिवार्य भनेको उल्लेख गर्दै उनले यस विषयमा पनि विधेयक मौन रहेको भन्दै उनले प्रश्न उठाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समयसीमा केही पर धकेलौं: विद्या भट्टराई
पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक :सांसद भट्टराई
उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही होस् : सांसद भट्टराई