यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १६ : ४१
यू-१९ फुटबल टिममा २५ खेलाडी छनोट

काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् ।यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

 

नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ ।च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।

 

नेपाली टिम

गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा

डिफेण्डर : सेमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासइने, दिपक थापा मगर, निनसाङ्ग पाराङ्देन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन

मिडफिल्डर : कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अबिनास स्याङ्तान, अनिल बोम्जन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्सन तामाङ

फरवार्ड : समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्दार्थ अधिकारी ।

प्रतिक्रिया दिनुहोस