एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली, राजेशबाबु श्रेष्ठ उपाध्यक्षमा चयन

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १४ : ४२
एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् महासंघमा चार नेपाली, राजेशबाबु श्रेष्ठ उपाध्यक्षमा चयन

काठमाडौँ । काठमाडौँमा आइतबार सम्पन्न ‘एशियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशनको इलेक्टोरल कंग्रेसले नेपालका चारजना पदाधिकारीलाई एसियन फेडरेशनको विभिन्न पदमा चयन गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा भएको ५५ औं इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्षमा चयन गरेको हो । 

यसैगरी नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडरेशनको उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदसस्यमा मनोनित गरको जानकारी नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघका सचिव दिनेश राजभण्डारीले दिए । 

सवै निर्वाचित सदस्यहरुको कार्यावधी चार वर्षको हुनेछ । नेपालमा आयोजना भइरहेको एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपको प्रतियोगिता सोमबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस