काठमाडौं । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो ।
करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् ।
पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १६ : ०१
लेखकबाट थप