काठमाडौँ । दुई सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ ।
गृह मन्त्रालयले धनकुटा र काभ्रेका सिडिओ र गृहका एक सहसचिवको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय सरुवा गरिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ ।
यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
भरतपुर र हेटौंडाका प्रशासकीय अधिकृत फेरिए, ३२ जना सहसचिवको सरुवा (सूचीसहित)