विश्वविजेता अकुना घाइते, विश्वकप छनोटका दुई खेल गुमाउन सक्ने

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १४ : ४९
विश्वविजेता अकुना घाइते, विश्वकप छनोटका दुई खेल गुमाउन सक्ने

काठमाडौं। विश्वकप विजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका डिफेन्डर मार्कोस अकुना घाइते भएका छन् । अकुनाको मांसपेशीमा समस्या आएको उनी आबद्ध स्पेनिस क्लब सेभियाले जनाएको छ ।

घाइते भएसँगै उनले आगामी सेप्टेम्बरमा हुन गइरहेका विश्वकप छनोटका दुई खेल गुमाउने सम्भावना बढेको अर्जेन्टिनी फुटबल संघको वेब साइट मुन्डो अल्बिसेलेस्टेले जनाएको छ ।

 

विश्वविजेता अर्जेन्टिनाले आगामी सेप्टेम्बरमा इक्वेडर र बोलिभियाविरुद्ध विश्वकप छनोटका सुरुवाती दुई खेल खेल्दैछ । यही दुई खेल अकुनाले गुमाउने सम्भावना बढेको हो ।विश्वकप सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा हुँदैछ । अकुना क्लब स्तरमा विंगरको पोजिसनमा पनि खेल्ने गर्छन् । तर, गत वर्ष कतारमा विश्वकप जित्दा भने उनले लेफ्ट ब्याक भएर खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस