निजामती कर्मचारी भनेको स्थायी सरकार हो : देउवा

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १२ : ५२
निजामती कर्मचारी भनेको स्थायी सरकार हो : देउवा

काठमाडौँ । नेपाली कांग्रेस कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन् । कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पार्टी आउने–जाने हो । निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ । कर्मचारी भनेको स्थायी सरकार हो ।’

देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्ने देउवाले बताए । ‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ । निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने छ । तपाईहरु काम गर्नुहोस् ,’ उनले भने । कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकसेवा आयोगले समिति दिएको सात दिनमा सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने बताए ।

सङ्घीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको उपप्रधानमन्त्री खड्काको भनाइ छ ।