विनम्र भएर सबै दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्छौँ : प्रचण्ड

विहीबार, ०६ पुस २०७४, १५ : ५८
विनम्र भएर सबै दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्छौँ  : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । जनताले अझ बढी विनम्र  हुने जिम्मेवारी दिएको भन्दै उनले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘ चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने, ‘सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उनले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको बताए ।
सोही कार्यक्रमा प्रचण्डलार्इ मञ्चकी अध्यक्ष बाबा बस्नेतले प्रमाणपत्रसहित सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस