डडेल्धुरामा टिप्पर दुर्घटना

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, २१ : १८
डडेल्धुरामा टिप्पर दुर्घटना

डडेल्धुरा ।  धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ।

सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका ८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर दुर्घटना भएको हो।

२३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार(आज) दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस