काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताएका छन। बिहीबार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।
सभामुख घिमिरेले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । उनले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए ।
सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे