यातायात विभागको निर्णय विरुद्ध इटहरीमा सडक आन्दोलन

विहीबार, ०६ पुस २०७४, १३ : २२
यातायात विभागको निर्णय विरुद्ध इटहरीमा सडक आन्दोलन

इटहरी । यातायात व्यवस्था विभागले इटहरीका मुख्य राजमार्गमा  सिटी सफारी सञ्चालनमा रोक लगाएपछि त्यसको विरोधमा सफारी सञ्चालकहरु आन्दोलित भएका छन् ।
बिहिबार उनीहरुले  निर्वाधरुपमा  राजमार्गका रुट भएर सेवा दिन पाउनु पर्ने माग राख्दै इटहरी चोकमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका कारण सो क्षेत्र भएर चल्ने सबै खालका यातायातका साधन अबरुद्ध भएका छन् ।
यातायात खुलाउने प्रयासस्वरुप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा  दुई पक्षबीच छलफल भएको भएपनि  सहमति जुट्न नसकेको रातोपाटीकर्मी मनोज भुजेलले जनाएका छन् ।
यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी मुख्य राजमार्गमा सिटि सफारी सञ्चालनमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस