काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बिच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।’
काठमाडौँको सांस्कृतिक, धार्मिक र पुरातात्त्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ । ‘यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ ।’
यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यहरुको सञ्चार र बजारीकरण गरेर सौखिन पर्यटक समक्ष सूचना पु¥याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मूल्य र पेसाका विषयमा चर्चा गरिन्छ ।
स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यक्रममा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी
जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा