काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् ।
‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् । तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’, उनले भने, ‘तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ । कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराई-मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न : सांसद श्रेष्ठ
गठबन्धन सरकारकै कारण देश बर्बाद भयो : सांसद श्रेष्ठ
जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, माफी माग्नैपर्छ : सांसद श्रेष्ठ