नयाँ फिल्म ‘कोतपर्व’ मा जोडिए सौगात

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १४ : १७
नयाँ फिल्म ‘कोतपर्व’ मा जोडिए सौगात

काठमाडौंँ । अभिनेता सौगात मल्ल पछिल्लो समय निकै यस्त छन् । उनी एकपछि अर्काे फिल्ममा जोडिने क्रम बढ्दो छ । यस्तैमा उनी नयाँ फिल्म ‘कोतपर्व’ मा जोडिएका छन् ।

कथावस्तु र चरित्र मनपरेकोले फिल्ममा जोडिएको सौगात बताए । फिल्म नेपाललाई १०४ वर्षे जहानियाँ राणा शासनमा धकेलेको कोतपर्वको बिषयमा बन्न लागेको हो । फिल्ममा सौगात मल्ल जंगबहादुर राणाको भूमिकामा देखिनेछन् ।

फिल्म रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । रिमेश अधिकारी फिल्मस् प्रोडक्सन र श्रीत फिल्मस् एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
फिल्मका अन्य कलाकार र प्रबिधिक पक्ष भने फाइनल हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस