राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १६ : २१
राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्युनिकरण, प्रतिकार्य र पुनःनिर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए । उनले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुनःस्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताए ।

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको राहत, पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस