तोकिएकै समयभित्र परियोजना सम्पन्न गर्न एडीबीसँग आग्रह

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १७ : ०५
तोकिएकै समयभित्र परियोजना सम्पन्न गर्न एडीबीसँग आग्रह


काठमाडौँ । सरकारले तोकिएकै समयभित्र परियोजना काम सम्पन्न गर्न एशीयाली विकास बैंक (एडीबी) लाई आग्रह गरेको छ ।
अर्थ सचिव राजन खनालले तोकिएकै समयभित्र परियोजनाको कामलाई सम्पन्न गर्न एशीयाली विकास बैंकलाई सचेत गराउनुभएको हो । उहाँले समयमै परियोजनाको काम सम्पन्न नहुँदा लगानी बढन जानेतर्फ पनि बैंकको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
 आज काठमाडौंमा आयोजित ‘एडीबीको रिभ्यू मिटिङ’ लाई सम्बोधन गर्दै अर्थसचिव खनालले सरकारले नेपालमा संचालित एडीबीका सबै परियोजनालाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिरहेको दावी पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै एडीबीका देशीय निर्देशक मुख्तोर खमुदखानोभले मेलम्ची खानेपानी आयोजनालगायतका कामलाई सम्पन्न गर्न तिव्रता दिइएको बताउनुभयो । उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काममा पनि ढिलाई नहुने जानकारी गराउनुभयो ।
एडीबीले नेपालको पूर्वाधार, खानेपानी, विमानस्थल निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस