सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार वितरण

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, ०८ : २७
सांस्कृतिक संस्थानको सम्मान र पुरस्कार वितरण

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सव पारेर विभिन्न श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

हालै आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले गायक, संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ५१ हजार रुपैंयाँ, दोसल्ला र ताम्रपत्रका साथ ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मान गरे । उनलाई सांस्कृतिक संस्थानमा महाप्रबन्धकको रुपमा रहेर सेवासँगै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए ।

कार्यक्रममा ‘सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०’बाट गायक, संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, ‘सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०’बाट नृत्य कलाकार विमला श्रेष्ठ क्षत्री र ‘सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०’ बाट अभिनेत्री सुष्मा शाही पुरस्कृत भए । उनीहरुले जनही ५१ हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे । वर्षको ‘सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८०’ नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।

सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस