गुजरातले सनराइजर्स हैदराबादलाई ३४ रनले हरायाे

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, ०८ : ०७
गुजरातले सनराइजर्स हैदराबादलाई ३४ रनले हरायाे

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा शीर्ष स्थानको गुजरात टाइटन्सद्वारा सनराइजर्स हैदराबाद ३४ रनले पराजित भएकाे छ ।

टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

अहमदाबाद मैदानमा खेलिएको आईपीएल २०२३ को ६२औं खेलमा गुजरातले जितका लागि दिएको १८९ रनको लक्ष्यको जवाफमा हैदरावादको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनायो । हैदरावादका लागि हेनरिक क्लासेनले सर्वाधिक ६४ रन बनाए ।

आईपीएल अन्तर्गत मंगलबार लखनउ सुपर जाइनट र मुम्बई इन्डियन्स खेल्ने छन्। यो प्रतिस्पर्धा लखनउमा राति पौने ८ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस