पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी, खोजी गर्दै प्रहरी

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १२ : १६
पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध पनि पक्राउ पुर्जी, खोजी गर्दै प्रहरी

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई प्रहरीले खोजिरहेको छ।उनी कहाँ छन् भन्ने अहिलेसम्म एकिन नभएका कारण प्रहरीले उनलाई खोजिरहेको हो ।

पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक वक्तव्य जारी गर्दै प्रतीकले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस