काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा १६ औं स्थानमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले मंगलबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको हो। योसँगै नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ।
घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो।
सात राष्ट्र सम्मिलित लिग–२ मा नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा छ। लिग–२ मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले भोलि हुने अन्तिम खेलमा यूएईलाई हराउनुपर्नेछ।
नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ। विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग दुईको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै