काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले चार विकेट गुमाएको हो ।
पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको हो । युएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र साेमपाल कामीले एक/एक विकेट लिएका हुन् ।
यूएईले ५.१ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ रन जोडेको छ । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए । यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १४ : २८
लेखकबाट थप