काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ ।
बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।
नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
नेपालले लिग २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल खेल्ने
टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्बाधिक रनको नयाँ किर्तिमान