काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको हाे ।
यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनाएकाे थियाे । विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले । खनालले १२५ रन बनाए । उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे । यस्तै कुमालले १०८ रनको योगदान दिए । उनले ११२ बल खेल्दै १२ चौका हाने । यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए ।
बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई दुई तथा हैबर अली र जय मेहताले एक एक विकेट लिए । अहिले कुवेतले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १९ : ०१
लेखकबाट थप