प्रेस चौतारी कर्णालीले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् ।
सचिव भट्टराईले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए ।
‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’
उनले चुनावी गठबन्धन एमालेको कारणले नभइ आफ्नै कारणले टुटेको बताए । ‘प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको हो’ उनले भने, ‘१० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार छन्, तर माओवादीले नमान्ने भन्ने हुँदैन ।’
भट्टराईले एमाले पार्टीलाई बलियो बनाउन र जमिनतिर फर्काउन लागिरहेको बताए । सोही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठूलो पंक्ति ग्रासरुटमा खटिएको उनले बताए ।
‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास गर्नेछौंं’ उनले भने, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउने गरी अग्रसर हुनेछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ फागुन २०७९, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई
राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छ : योगेश भट्टराई
स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्नुपर्छ: योगेश भट्टराई
माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिन्छ : योगेश भट्टराई
प्रधानमन्त्रीको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश भट्टराई