काठमाडौं । थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा सिधै छनोट भएकी छन् ।
नेपाल बक्सिङ संघले मंगलबार विज्ञप्ती जारी गर्दै ऐतिहासिक मेडल जितेको अवार्ड स्वरुप उनलाई सिधै वर्ल्ड च्याम्पियनसिपमा छनोट गराउने जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा यही माघ २४ देखि २६ गतेसम्म विभिन्न तौल समूहमा छनोट प्रतियोगिता गराउने जनाएको थियो ।
‘नेपाल बक्सिङ संघको निर्णय अनुसार ४८ किलो तौल समूहमा एसियन यू(२२ मा रजत पदक जितेको हुनाले अवार्ड स्वरुप सुष्मा तामाङलाई छनौट गरी सिधै वर्ड च्यम्पियनसिप प्रतियोगितामा सहभागी गराउने निर्णय गर्दै थप ५४ किलो तौल समूहको पनि छनौट गर्ने निर्णय भएको जानकारी गराउदछौं’, बक्सिङ संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, ११ : ३८
लेखकबाट थप