चेली नेपालद्धारा भरतपुर महानगरपालिका क्षेत्र भित्रका ५७ छात्रालाई छात्रवृति वितरण

शनिबार, २३ असार २०७५, १८ : ०५
चेली नेपालद्धारा भरतपुर महानगरपालिका क्षेत्र भित्रका ५७ छात्रालाई छात्रवृति वितरण

चितवन । मानव वेचविखन र लैगिंक हिसां बिरुद्ध कार्यरत संस्था चेली नेपालले हिसां प्रभावित र उच्च जोखिममा रहेका ५७ जना छात्राहरुलाई आज भरतपुरमा छात्रवृति सहयोग रकम वितरण गरेको हो । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र प्रसाद चापागाईको अध्यक्षतामा आयोजित एक कार्यक्रममा चेली नेपालले महानगर क्षेत्र भित्रका छात्राहरुको लागी छात्रबृति सहयोग हस्तान्तरण गरेको हो ।

विगत ३ वर्षदेखि चितवनमा केन्द्रिय कार्यालय स्थापना गरि मानव वेचबिखन र लैगिंक हिसां बिरुद्धका बिभिन्न अभियानहरु संचालन गर्दै आएको संस्थाले सुरुबातमा १० जना बिद्यार्थी छात्राहरुलाई वितरण गरेको सहयोग अहिले बढाएर १०० जना भन्दा वढि छात्राहरुलाई उपलब्ध गराउदै आएको छ । यसअघि चितवनको कालिका नगरपालिका क्षेत्रमा पनि संस्थाले छात्रबृति सहयोग हस्तान्तरण गरको छ ।

आज वितरण गरिएको सहयोग यस वर्षको दोश्रो किस्ताको सहयोग हो । संस्थाले ४, ४ महिनाको अन्तरालमा सहयोग रकम हस्तान्तरण गर्ने गरेको छ । सोही अवसरमा चेली नेपालको छात्रबृति सहयोग प्राप्त गर्ने सम्पुर्ण बिद्यार्थी मध्यबाट यस वर्षको एस ई ई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रा अम्विका दाहाललाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्वती शाहले मानव वेचबिखन बिरुद्धको अभियानमा भरतपुर महानगरपालिकाले जस्तोसुकै किसीमको सहभागिता जनाउन तयार भएको भन्दै भविष्यका दिनमा चेली नेपाललको छात्रबृति कार्यक्रमले यसको अन्तका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख दिपेन्द्र सुवेदीले शैक्षिक क्षेत्रको बिकासका लागी शिक्षा विकास समन्वय ईकाईले पनि सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाएको बताउनुभयो । कार्यक्रममा चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले संस्थाले भविष्यका दिनमा पनि शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएको बताउनु भयो । शिक्षाबाट वन्चित भएका चेलीहरु नै अन्तत मानव वेचविखन र हिसांको शिकार बन्ने गरेको पाईएकाले यस किसीमको कार्यक्रम संचालन गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा आदर्श गृहका अध्यक्ष मिना खरेल, शरदपुर उच्च माविका प्रध्यानाध्यापक भोलानाथ सापकोटा, चेली नेपालका कार्यक्रम संयोजक युबराज विक, सिन्धु ढकाल तथा रोशनी सुनारले बोल्नुभएको थियो । त्यस्तै अभिभावक प्रतिनिधि र छात्रवृति सहयोग रकम प्राप्त गर्ने प्रतिनिधि छात्राहरुले आफ्नो अनुभव सुनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस