नागरिकता विधेयकमा सबै दल एकै ठाउँमा उभिनु पर्छ : सांसद श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, १५ : ५१
नागरिकता विधेयकमा सबै दल एकै ठाउँमा उभिनु पर्छ : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले नागरिकताक विधेयकका सम्बन्धमा सबै राजनीतिक दल एकै स्थानमा उभिनु पर्ने बताएका छन ।

उपसभामुख पदमा इन्दिरा रानामगरको उम्मेदवारीको समर्थन गर्दै श्रेष्ठले नागरिकता, राष्ट्रियता, जनजीविका र गरिबी न्यूनीकरणको सवालमा सबै ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताए।

उनले संविधान नै संशोधन गरेर लिम्पियाधुरासहितको भूभाग नक्सामा समेटे पनि त्यसलाई व्यवहारिक रुपमा फिर्ता ल्याउने विषयमा सरकारले कुटनीतिक पहल गर्न नसकेको भन्दै टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस