काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् ।
शपथ ग्रहणपछि उनी लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्युसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल
सरकारको नीति तथा कार्यक्रम अन्योलमा, परामर्शमा सभामुख
सभामुख र दलका सचेतकहरूबीच छलफल सुरु