काठमाडौं । नेपाली सेनाले मतदान केन्द्र नजिक पर्ने विभिन्न चार ठाउँमा राखेको बम निष्क्रिय पारेको छ।
गुलरिया शम्भु शरण मावि खैरापुरमा रहेकोे मतदान केन्द्र नजिक एउटा बम बिस्फोट भएको छ। बमबाट कुनै क्षति नभएको स्थानीयको भनाई छ।
गुलरिया नगरपालिका ५,बढैयाताल गाउँपालिका ५ जगतिया,राजापुर नगरपालिकाको धोविनपुर र ठाकुरबाबा नगरपालिकामा राखेको चार वटा बम सेनाले निष्क्रिय पारेको हो।
चुनाव बिथोल्नलाई राखिएको चार ठाउँ बम राखेपनि मतदाता स्वतस्फुर्तरुपमा मतदानमा सहभागी भइरखेका छन्। बज्रदल गणको बम डिप्फोजल टोलीले चार ठाउँमा राखिएको कुकुर बम निस्कृय पारेको नेपाली सेनाका सेनानी श्यामु शाहीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा राजमार्गमै बिस्फोट, चारजना घाइते