त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीको आरोपमा ४० जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, ११ : ३५
त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीको आरोपमा ४० जना पक्राउ

काठमाडौं । सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ४० जना पक्राउ परेका छन् । 

नेपाल र युएईबीच भइरहेको खेलमा  बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई मैदानबाटै पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक उत्तम सुवेदीले जानकारी दिए । 

उनीहरुलाई कीर्तिपुर प्रहरी वृत्तमा राखिएको छ । पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस