तीन अर्ब चौँतीस करोडको बजेट ल्याउँदै भरतपुर महानगर

शनिबार, ०९ असार २०७५, १८ : २१
तीन अर्ब चौँतीस करोडको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब चौँतीस करोड पाँच लाख ८६ हजार रुपैयाँको आय–व्यय विवरण (बजेट) ल्याउने भएको छ । आइतबार हुन लागेको दोस्रो नगर सभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रममा महानगरको बजेट तीन अर्ब ३४ करोडको बजेट आउन लागेको हो ।
भरतपुर महानगरका अनुसार चालु खर्च एक अर्ब ७० करोड ४९ लाख, पुँजीगत खर्च एक अर्ब ६२ करोड ५६ लाख र वित्तीय व्यवस्था एक करोड रुपैयाँ विनियोजन हुँदैछ । यसमा संस्थागत विकास तथा सेवा प्रवाहतर्फ कार्यालयको प्रशासनिक खर्च ३५ करोड ६४ लाख र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि १२ करोड रुपैयाँ छुट्याइने बताइएको छ ।

२९ वडालाई ३१ करोड
भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कूल ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ । वडातर्फ विनियोजित बजेटबाट वडा नम्बर २९ ले सबैभन्दा बढी एक करोड १५ लाख, वडा नम्बर १०, १५ देखि १७, २३, २५ देखि २८ ले एक करोड १० लाखका दरले र बाँकी १९ वटा वडाले एक करोड पाँच लाखका दरले रकम पाउने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस