बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टको ह्याट्रिक

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १९ : २३
बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टको ह्याट्रिक

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार (आज) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका अञ्जनले २७औं मिनेटमा दोस्रो गोल गर्न सफल भए । उनले बिमल घर्ती मगरको फ्रीकिकमा हेडमार्फत् पहिलो गोल गरेका हुन् ।

त्यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रीकिकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका हुन् । योसँगै अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस