काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्ध खेलका लागि नेपालको सुरुवाती -११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा सुरुवाती -११ को घोषणा गरेका हुन् । नेपालका लागि दुई खेलाडीले डेब्यु गरेकी छिन् । मिडफिल्डर दीपा शाही र फरवार्ड अमिषा कार्कीले डेब्यु गरेकी हुन् ।
घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन । नेपाल साविक उपविजेता टोलीसमेत हो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपालको सुरुवाती ११ :
एन्जिला तुम्बापो सुब्बा, अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिरा भुजेल, अनिता केसी, दीपा शाही, सरु लिम्बु, अनिता बस्नेत, सावित्रा भण्डारी, अमिशा कार्की ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा