काठमाडौं । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् ।
शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरुले शिलान्यास गरेका हुन् ।
प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास गरेका हुन् । उक्त आयोजना अन्र्तगत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्र्तगतका मूख्य सडकहरु विजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।
करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ । उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो ।
शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, १२ : ४२
लेखकबाट थप