काठमाडौं । प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो। बैठकमा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।
त्यस्तै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आईतबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १५ : २०
लेखकबाट थप