सीमामा काँडेतार लगाउन सत्तारुढ दलकै सांसदको माग

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १४ : १२
सीमामा काँडेतार लगाउन सत्तारुढ दलकै सांसदको माग

काठमाडौं । नेपाल–भारत सीमामा आपराधिक घटना बढेको भन्दै सीमामा काँडेतार लगाउन सत्तारुढ दलकै सांसदले माग गरेकी छिन् ।शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा जसपा सांसद रेनुका गुरुङले भारत–पाकिस्तान, भारत–बंगलादेश जस्तै नेपाल–भारत सीमामा पनि काँडेतार लगाउन माग गरेकी हुन् । 

‘खुला सीमानाका कारण दुईजना हतियारधारी भारतीय नम्बर प्लेटका सवारीमा नेपाल छिरेर कपिलवस्तुमा २ जनाको हत्या भएको छ । विगतमा पनि भारतीय सुरक्षाकर्मीद्वारा हाम्रो गोविन्द गौतमको हत्या भएको हो, जयसिंह तुइनको घाउ आलै छ,’ गुरुङले भनिन्, ‘आतंकवादी हत्याराहरू, मानव तस्कर र सीमा अतिक्रमण रोक्न अनिवार्य काँडेतार बार लगाउन नेपाल सरकारसँग जोडदार माग छ ।’

उनले आफ्नो घरमा विस्फोटक पदार्थ फालिँदा प्रहरीले पटका भनेर गम्भीर रूपमा नलिएको आरोप समेत लगाइन् ।

प्रतिक्रिया दिनुहोस